madhyabindumunicipalhospital@gmail.com ०७८-४१००८२
 

परिचय 

नेपालको मध्य भागमा अवस्थित गण्डकी प्रदेशअन्तर्गत नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिका–७ मा रहेको चोरमारा बजार पूर्व–पश्चिम राजमार्गदेखि करिब ३०० मिटर दक्षिणतर्फ पर्दछ। साविकका तम्सिया, प्रसौनी, देउराली, मैना घाट, हुप्सेकोट, नयाँ बेलहानी, डुम्किबास, बेनिमनिपुर, धुर्कोट, नारायणी, कोल्हुवा, कुमारवर्ती, कावासोती र राकाचुली गाविसका बासिन्दाहरूलाई वि.सं. २०५२ सालको भदौ महिनादेखि यस संस्थाले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

 

राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै वि.सं. २०८० साल असार २५ गते मध्यविन्दु नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्राथमिक स्वास्थ्य केन्द्रलाई मध्यविन्दु नगर अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो। वि.सं. २०८० सालको श्रावण महिनादेखि अस्पतालले नियमित रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

 

हाल यस अस्पतालले मध्यविन्दु नगरपालिकाका सबै १५ वटै वडाका साथै कावासोती, हुप्सेकोट, निसी तथा विनयी त्रिवेणी गाउँपालिकाका केही क्षेत्रका बासिन्दाहरूलाई आन्तरिक, बाह्य, आकस्मिक तथा प्रतिरोधात्मक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। हाल यस अस्पतालको सेवा क्षेत्रभित्र करिब १,५०,००० जनसंख्या रहेका छन्।